Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य निकट भविष्यमा घट्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले मध्यपूर्वमा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे पनि अहिले अवस्था सहज बन्दै गएकाले मूल्य घट्ने संकेत देखिएको बताए।
उनले मध्यपूर्वको द्वन्द्वका कारण आम उपभोक्तामाथि परेको भार कम गर्न सरकारले तत्काल कदम चालेको स्मरण गराउँदै आफू अर्थमन्त्री नियुक्त भएको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको जानकारी दिए।
‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनको मूल्यवृद्धिबाट आम उपभोक्तामा परेको भार कम गर्न हामीले डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएका थियौँ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले हाल मध्यपूर्वको अवस्था क्रमशः सामान्य बन्दै गएको उल्लेख गर्दै भारतीय आयल निगममार्फत आयात हुने इन्धनको मूल्य समायोजन हुन केही समय लाग्ने बताए।
‘इन्धन भारतीय आयल निगममार्फत आयात हुने भएकाले मूल्य समायोजन भएर आउन केही समय लाग्न सक्छ, तर अब इन्धनको मूल्य घट्ने दिशातर्फ गएको छ,’ उनले भने।
२०८३ असार १४
ताजा नेपाल
२०८३ असार १४
ताजा नेपाल
२०८३ असार १४
ताजा नेपाल