Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको राजनीतिक घटनाक्रमलाई लोकतन्त्रमाथिको प्रतिगामी षड्यन्त्रको संज्ञा दिएका छन्।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त घटनाले नेपालको वामपन्थी आन्दोलन मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थालाई नै निशाना बनाएको दाबी गरे।
उनले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको उल्लेख गर्दै २३ र २४ भदौको आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनका रूपमा स्वीकार गर्न नसकिने बताए।
‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतन्त्रलाई नै लक्ष्य बनाएर त्यसलाई समाप्त गर्ने उद्देश्यसहित २३ र २४ भदौमा प्रतिगामी षड्यन्त्र भयो,’ ओलीले भने, ‘त्यो षड्यन्त्रमार्फत वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरियो। यो लोकतन्त्र हुन सक्दैन, लोकतान्त्रिक आन्दोलन पनि हुन सक्दैन।’
अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार गठन, परिवर्तन वा अपदस्थ गर्ने अधिकार संसद्को हुने उल्लेख गर्दै वैधानिक संसदलाई बलजफ्ती भंग गरिएको आरोप लगाए।
‘सरकार बनाउने, फेर्ने वा अपदस्थ गर्ने काम संसद्ले गर्ने हो। तर वैधानिक सरकारलाई हटाएर अवैधानिक सरकार गठन गरियो, जुन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ,’ उनले भने।
२०८३ असार १४
ताजा नेपाल
२०८३ असार १४
ताजा नेपाल
२०८३ असार १४
ताजा नेपाल