Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पञ्चायत कालका प्रहरी र गणतन्त्रका प्रहरीको चाल एउटै छ । हिजोका प्रहरीले पञ्चायत टिकाउन जनतामाथि दमन गर्थे । गणतन्त्रका प्रहरीले राजनीतिक दलहरूलाई खुम्च्याउँदै दलीय व्यवस्थाका घोर विरोधी प्रधानमन्त्री बालेन्द्र शाहलाई उचाल्न तल्लिन देखिन्छन् । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की त रास्पाको महाधिवेशनभर चितवनमा मुकाम बनएर दिनभर छिमेकी जिल्ला घुमे जस्तो गर्दै रातिको बास चितवनमा गरे । यस पटक शसस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरलाई सेना मातहत परिचालन गराउने प्रधानमन्त्री बालेन्द्र शाहको शासकीय शैली एकपछि अर्को गरी उदांगो हुँदैछ । उनको जोड पुरानो दलको बदनाम गर्ने हो । सशस्त्र प्रहरी शुद्धताको डंका पिट्छ । तर आफैंले सञ्चालन गरेको विद्यालयको एकाउन्टेन्टले ४ करोड भन्दा बढी रकम आफ्नो निजी खातामा राखेर संस्थागत बदनामी हुँदा ढाकछोप गर्छ । संगठनको समाज कल्याण कोष अन्तर्गत सञ्चालित हुने विद्यालयभित्र भएको यो लापरबाहीलाई आईजीपी नारायणदत्त पौडेलले कसरी लिएका छन् तर हिजो जहाँ गयो त्यहाँ कुनै न कुनै विवादमा फसे पनि पैसा खर्च गरेर डिआईजी भएका सशस्त्रका प्रवक्ता नेत्रबहादुर कार्कीलाई भने विपद् व्यवस्थापन सघाउन गाउँ स्तरका १ लाख ६८ हजार ९५६ सूचक खडा गरेको सार्वजनिक गर्न भ्याई नभ्याई छ । मुलुकको राष्ट्रिय स्वाभिमान सार्वभौमिकताको रक्षा प्रमुख कुरा हो । ओली अधिनायकवाद विरुद्ध सिंहदरबार पोलेर जेनजी आन्दोलन मच्चाए र कारबाहीबाट बचेका बालेन्द्रदेखि सुधन गुरुङसम्मको संरक्षण नेपाली सेनाले गर्नुको रहस्य भने गहिरो छ । भनिन्छ, सेनाका भ्रष्ट प्रधानसेनापति अशोक सिग्देललाई पूर्व सेना प्रमुख प्रभुराम शर्माले दिलाएको शक्ति नै वर्तमान सरकारको चरित्र हो । केपी ओली जस्ता विध्वंशकारीको स्वार्थमा प्रयोग भएको दुई तिहाईले चैत १५ गतेको दुर्गा प्रसाईको विध्वंश सहेकै हो । अहिले प्रसाईसँग राजतन्त्रको गरिमा गाउने धवलशमशेरहरू त्यहाँ जोडिएका छन् । सुरक्षा अंग देशमा राजनीतिक परिवर्तन गर्ने भन्दा टीओबी र बारबरा फाउन्डेशनसँग जोडिदै आफैं सम्पत्ति सुद्धिकरणको छानविनमा पर्नु पर्ने प्रवृत्तिका बालेन्द्र र सुधन जस्ताको रक्षा कवज बन्दै नांगिन थालेका छन् । यस्तो स्थितिमा आफूभित्रका भ्रष्टाचारी प्रतिको छानविन पूर्वाग्रही भन्ने होइन दलहरू सुध्रिदै प्रदेश र स्थानीय तहको सत्ता कब्जा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन सुदृढ गर्न एक ठाउँमा आउनु पर्ने जरुरी छ ।
२०८३ असार १६
ताजा नेपाल
२०८३ असार १६
ताजा नेपाल
२०८३ असार १६
ताजा नेपाल