Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाराज बन्न एकताको खोजी ?

काठमाडौं । कार्यगत एकता गर्दै पार्टी एकताको मुल एजेन्डा बनाएर एमाले र नेकपाकाबीचमा पार्टी एकता अपरिहार्य छ । तर ओलीको जस्तो सबैतिर आफैं साढे बनेर दाश र दलालको घेराबन्दीमा रमाउँदै सहयात्रीहरूमाथि अपमान गर्ने भाद्र २३ को कत्लेआमसँग एकता जरुरी छैन । नेकपाको नेतृत्वले जनता बिर्सेको छ । माओवादीहरू अब लुट्न र कुम्ल्याउन नपाइने भएपछि प्रचण्डलाई धारेहात लगाएर फरक भएका छन् । डा. बाबुरामको दुर्गति, जनार्दन शर्माको अधोगतिसँगै कथित विद्रोह मात्र होइन अधुरो जनयुद्ध सफल सफल बनाउने भन्दै नेकपाकै सरकारको समयमा नांगिएका उग्र नेत्रविक्रम चन्दको हालत पनि चुनावले देखाइदियो । हरिबोल र राम कार्की प्रचण्डसँग छुटेकै राम्रो यिनको चरित्र एउटै थियो । देशको इमान्दार कम्युनिष्ट शक्तिमाथि युरोपेली युनियनको डलरमा वर्गीय सम्बन्ध त्यागेर जनजातिका एजेन्डामा रमाउनेहरूबाट नेपालको कम्युनिष्ट आन्दोलन चल्दैन । प्रचण्ड मात्र दोषी छैनन्, जनयुद्धका सारथी नै राज्यशक्तिको दुरूपयोग गर्ने कमाण्डरहरूमै एकता भएन । पदका लागि माओवादीभित्र चरम गुटबन्दी गरियो । नेतृत्वलाई खुइल्याएर पार्टी बलियो हुँदैन । एमालेको ओली मण्डली भित्र उनलाई एक्लो बनाउन तम्सने उनकै दासहरू पंगु बन्दैछन् । जनताले पत्याएका वामदेव, माधवहरू दरिलै छन् । झलनाथ अब थन्कने नेकपाभित्र विवाद मच्चाउँदै छन् । जसको पछाडि आफ्नै घर गाउँ छैन । सर्पे नेता खनाल अब संगठक बन्न सक्दैनन् । तर नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, माधव नेपाल संगठक बन्न सक्छन् । आरोपबाट कोही मुक्त छैनन् । लागेका आरोपको प्रतिवाद गर्न सकिन्छ । जनतालाई भन्न सकिन्छ । तर केपीको जस्तो १८ काण्ड यिनमा छैन । ओली कम्युनिष्ट आन्दोलनमा तानाशाह हुन् । उनले नेतृत्व गरेको एमालेको विगत हेरेर आजको समिक्षा गर्न पर्दैन । किनकि ओलीलाई हिजो संविधान मिच्न संसद भंग गर्न, अदालत, अख्तियार, प्रहरी, कर्मचारी, कुनटीतिक निकायलाई दलीयकरण गराउन उक्साउने शंकर पोखरेल, विष्णु पौडेल, ईश्वर पोखरेल नै हुन् । आज यिनैलाई ओली फेर्नु छ ।
राष्ट्रपतिलाई पार्टी कार्यालय सचिवको हैसियतमा पु¥याएका उनीहरू आज ओली विरुद्ध विद्या भण्डारीको आवश्यकता ठानेका छन् । आफूले नेतृत्व लिने आँट तिनमा पनि छैन । आफूलाई संकट पर्दा साथ खोज्ने स्वार्थ पूरा भएपछि सहयात्रीमाथि गुटिय आक्रमण गर्ने बानी ओलीको छ । त्यो छर्लङ्ग हुँदा हुँदै प्रचण्ड फेरि फस्दैछन् । अबको एकता ओली फेरि प्रधानमन्त्री बन्ने पार्टी अध्यक्ष हुने गरी हुन सक्दैन । दोस्रो एमालेको भ्रष्ट पुस्ता विष्णु पौडेल, शंकर पोखरेलसम्म पनि जरुरी छैन । जसले नेकपा फुटाएपछि अदालतबाट लुटपाट गर्दा पनि आफ्नो चरित्र बचाए । घर जोगिएन । यस्तो बदनाम माओवादीका देव गुरु, देवेन्द्र पौडेल, वर्षमान पुन भएनन् । परिवादवाद र जातीवाद यिनको एजेन्डा भयो । वर्गीयता यिनले त्यागेकै हुन् । प्रचण्डका अगाडि रोएपछि पद पाइन्छ भन्ने लम्पटहरू पनि अब संगठनमा काम छैनन् । जनताको मुद्दा केपीको नजरमा परेन । उनले राजश्व मारेर आफूले हजम गरे । देशलाई आर्थिक रूपमा सम्पन्न बनाउने सोच राखेनन् । काठमाडौंको मेयरसँग सरकार लाग्नु नै ओलीले बहादुरी ठाने । २१ फागुन २०८२ मा उनै बालेन शाहबाट ओली पराजित भए । अब चुनवा जित्छु, शासक बन्छु भन्ने अभिलासा लिएर पार्टी एकता हुँदैन । नेकपाको आवश्यकता देशलाई छ तर भ्रष्ट बचाउने तस्कर उम्काउने पासपोर्ट छाप्दा काँग्रेससँग भागवण्डा गरेर कमाउने ओलीको लाइनमा एकता नगरे हुन्छ । सुन तस्करी र मीनबहादुर गुरुङको भजन गर्दा ओलीले लगाएको आरोप कसलाई थियो । आज उनी आफैं कहाँ पुगे ? नेपालमा लुटेर कम्बोडियामा लगानी गर्ने को थिए ? एनसेलको १९ अर्ब कर १३ अर्बमा झार्ने विचौलिलयाको सम्पत्ति सुद्धिकरणको फाइल दबाउने को थिए ? अब पनि म शुद्ध भन्दै अरु सहात्रीको खेदो खन्न जरुरी छैन । उनको विकल्प खोज्नेले सोचे हुन्छ ।


सम्बन्धित समाचार

सकियो वंश परम्पराको हैसियत

२०८३ असार १७

ताजा नेपाल

अर्वपति पौडेल फस्दा धेरै झस्किए

२०८३ असार १७

ताजा नेपाल

मेस्सीकै कीर्तिमान नजिक एम्बाप्पे

२०८३ असार १७

ताजा नेपाल