Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीमा आफ्ना विरोधीलाई छानीछानी थान्को लगाउन खप्पिस केपी ओली अब आफ्नो पदमा घुनपुत्लो नलाग्ने कुरामा ढुक्क भए पनि आफ्नो निर्देशन अनुसार संसदमा बोल्ने रामबहादुर थापा र पदमा अर्याललाई जोगाउने उपया खोज्लान् कि नखोज्लान् ? भुटानी प्रकरणको छानविनमा ओलीकै स्वकीय सचिव राजेश बज्रचार्य समेत पर्ने छन् । राधिका शाक्यको मानव सेवा आश्रम समेत भुटानी प्रकरणमा जोडिएको छ । रामबहादुर थापा पत्नी र पुत्रको संलग्नता भएको यो प्रकरणमा डा. आरजु राणा प्रमुख हस्ती हुन् । तर घानमा बालकृष्ण खाँड परेका छन् ।
काँग्रेस एमाले गठबन्धनका बेला देशमा भ्रष्टाचार मात्र थियो । एनसेल प्रकरण, टेलिकमको ठेक्क मात्र होइन जलारी काण्डमा समेत चम्काउन नछाड्ने, धादिङमा पक्रेको सुन काठमाडौं आउँदा पित्तल बन्यो । एयरपोर्टको सुन काण्ड छँदैछ । गिरिबन्धु र लिचिबारी काण्ड त छँदैन । जहाँ भूमिसुधारमन्त्री पदमा अर्याल फस्ने पक्का छ । कम्युनिष्ट पार्टीमा जनताको वकालत हुन्छ तर व्यवहारमा नेताहरू लुट्न नै सफल देखिए । २०५१ का सुकुम्बासी विष्णु पौडेल अर्बपति भएका छन् । शेयर बजारका कारोबारी दिपक भट्ट, अरुण अग्रवालसँगको सम्बन्ध ५ पटकसम्म अर्थमन्त्री हुँदा सुदृढ हुनु नौलो होइन । माफियाको पक्षमा वकालत गर्ने केपी ओली आफैं हुन् । उनी पौडेल भन्दा कम छैनन् । गुण्डूकुटी कसरी बन्दैछ, त्यसको श्रोत के हो ? शतिललाल गुरुवाचार्यलाई राज्यले छ अर्ब मिनाहा किन ग¥यो ? ओलीले व्यापारीलाई विद्युतको महशुल नतिर्ने सुविधा दिएर कति लुड्याए ? यो बेला राजदूत नियुक्तिमा समेत पैसा कबोल्ने प्रथा थियो । ओलीका अपराध धेरै थिए । तर अख्तियार, अदालत बोल्दैनथे । आज त्यही अख्तियार र अदालत सक्रिय बन्दा विष्णु पौडेल समातिएका छन् । आठ पटक मन्त्री भएका पौडेलको पहलमा नीतिगत निर्णय हुँदा जनताले राहत पाएनन् जति सहयोग दिपक भट्ट र अरुण अग्रवालहरूले लिएका थिए । अध्यक्षको हैसियतले बोल्नै पर्छ तर ओली विष्णुमाथिको भ्रष्टाचार काण्डबाट खुशी हुनुपर्छ । किनकि उपाध्यक्षहरू महासचिव, उपमहासचिव र सचिवहरूले पार्टी चुनाव हार्दा जिम्मेवारी वहन गर्न नपर्ने अध्यक्षको मात्र विकल्प बहन गर्न पर्ने अध्यक्षको मात्र विकल्प खोज्ने काम हुँदा केपी ओली तिनैसँग बढी रिसाए, जो प्रदेशस्तरीय भेलाहरूमा पुगे र जिल्ला नगर तहका कार्यकर्ताका सुझाव संकलन गर्दै थिए । उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल पनि त्यही कार्यक्रममा थिए । एमालेको सचिवालय बैठकले पूर्वाग्रहपूर्ण ढंगले उपाध्यक्षलाई भ्रष्टाचारको आरोपमा अपमानपूर्ण रूपमा पक्राउ गरेको निश्कर्ष निकाल्यो । पौडेलका पक्षमा विशेष अदालतमा बहस गर्ने कानुन व्यवसायीहरूको भिडले थुनामा राख्नै पर्देन भन्दै गर्दा एमाले काँग्रेसको सत्ता गठबन्धनका पौरखी कामलाई अदालतले कानुन सम्वत ठहर गर्न सक्छ ? विशेष अदालतमा आज पैसाले काम गर्ला जस्तो छैन । हिजो प्रशासन र अदालत फरक भएका छन् । सवारी लाइसेन्स नै एक सातामा पाउने भयो, हिजो वर्षौसम्म सवारी लाइसेन्स दिइँदैनथ्यो । समृद्धि र विकास नै त्यही थियो । राहदानी काण्ड नै भागवण्डा लगाएका काँग्रेस, एमालेले रु ९ अर्बको ठेक्का बाँडेको रहस्य खुलेकै छ । एमाले अध्यक्ष अोलीले आफैंमाथि जाइलाग्नेलाई कानुनी रूपमा फसाउने चाहेका थिए । यस पटक त्यो बाटो खुल्यो । सरकारले कानुनसम्वत ढंगले हिजोका भ्रष्टलाई तह लगाउने अग्रसरता देखाउँदा जनताले साथ दिन्छ । किनकि ओलीको सत्ताकालमा लुट बाहेक केही देखिएन । कम्युनिष्टका नाउमा कलंक धेरै छन् । एमालेको मात्र होइन माओवादी काँग्रेस, मधेशवादीका पहिलो पुस्ता नालायक हुँदा जनताका बीचमा युवा पुस्ता समेत लज्जित छ ।
२०८३ असार १७
ताजा नेपाल
२०८३ असार १७
ताजा नेपाल
२०८३ असार १७
ताजा नेपाल