Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक आज बोलाएका छन्। बैठक खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बस्ने तय भएको छ।
बैठकमा निवर्तमान पदाधिकारीसहित खड्का पक्षका शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ। बैठकले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा निर्णय गर्न सक्ने बताइएको छ।
स्रोतका अनुसार बैठकमा खड्काले हालै संस्थापन पक्षलाई पठाएको सात बुँदे जवाफबारे पनि छलफल हुनेछ। पछिल्लो समय कांग्रेसभित्र बढ्दो आन्तरिक ध्रुवीकरण र संगठनात्मक गतिविधिका सन्दर्भमा बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि कांग्रेसको इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। त्यस्तै, इतर पक्षको बैठकअघि नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशाङ्क कोइरालाबीच पनि छुट्टै छलफल भएको थियो।
कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी रणनीतिलाई लिएर विभिन्न समूहबीच परामर्श र भेटघाटको क्रम पछिल्लो समय तीव्र बन्दै गएको छ।
२०८३ असार १९
ताजा नेपाल
२०८३ असार १९
ताजा नेपाल
२०८३ असार १९
ताजा नेपाल