Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस इतर पक्षका शीर्ष नेताहरू खड्का निवासमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार इतर पक्षका शीर्ष नेताहरू भेला भएर पार्टीको आन्तरिक विवाद र १५औँ महाधिवेशनको तयारीबारे छलफल गरेका छन्।

गल्फुटारस्थित खड्का निवासमा भएको बैठकमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत नेताहरू सहभागी भएका थिए।

बैठकमा कांग्रेसको आन्तरिक विवाद समाधान, संगठनात्मक तयारी तथा आगामी १५औँ महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ।

आगामी असोज १६ देखि १९ गतेसम्म हुने तय भएको १५औँ महाधिवेशनलाई लक्षित गरी भइरहेको यो बैठकलाई समानान्तर तयारीका रूपमा पनि हेरिएको छ। यसअघि देउवा पक्षका नेताहरूले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरेका थिए।