Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी बैठक, प्रशिक्षण, भेला जस्ता ठाउँमा टिक्न नसक्ने प्रधानमन्त्रीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग रास्वपाको जिल्ला समितिकै दाँजोमा लाग्दो हो । जसले संविधान पढेको छैन । संसदीय गरिमा बुझ्दैन । संसदलाई अपमान गर्छ, त्यस्ताले देशको संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा कसरी गर्छ । अराजक चिन्तनले शान्तिको कल्पना गर्दैन । बालेन प्रवृत्तिका मन्त्री सुधन गुरुङ, गनेश अधिकारी, सुनिल लम्साल जस्ताले कानुनको ख्याल गर्दैनन् । त्यही कारण विकास पूर्वाधार बन्द गर्ने निर्माण व्यवसायीहरू समेत आतंकित छन् । यही सोच र यही शैली हो भने अब पूर्वाधारको क्षेत्र अन्धकार हुनेछ । किनकि सडक पूल बन्ने छैनन् । हामी जान्ने, राम्रो छान्नेहरूले राजनीतिक रूप ग्रहण नगर्दै पहिलो महाधिवेशन गर्नु नौलो होला । त्यहाँ व्यवस्थापकीय लापबारही छँदै थियो । महाधिवेशन प्रतिनिधि चुनिएर गएको छ, मतदाता सूचिमा नाउँ छैन । रु ५ हजार तिरेर प्रवेश लिएको छ । काठमाडौंकी अञ्जना श्रेष्ठले जिल्लाबाट ५ सय मत पाएर प्रदेश समितिबाट केन्द्रीय सदस्य बन्ने रुचि राखिन् । उनको नाउ मतदाता सूचिमा थिएन । बालेन समूहका सुधन गुरुङ, सुनिल लम्साल, गनेश अधिकारीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट गरेनन् । जो अराजकतासँगै सरकारी भवन खरानी बनाउने शक्ति हो । रजनीति चेतना बिनाको टीओबी र बारबरा फाउन्डेशनका यी उत्पादनहरूले रास्वपा के हो ? यसको राजनीतिक दृष्टिकोण र उद्देश्य थाहै पाएनन् । अराजकतालाई प्रमुख लक्ष्य बनाएको यो जमातले गरेका उदण्डताको संरक्षण गर्ने दायित्व सभापतिको काँधमा आएको छ । प्रदेश सदस्य छनोटमै धाँधली भएको देखियो । मधेश प्रदेश त भारतीय गुप्तचर रअका प्रतिनिधि अमरेशकुमरा सिंहका कारण भताभुंग भएको छ । उनले मनिष झा, ममता सिंहहरूको राजनीति चौपट पारिदिएका छन् । अमेरेशलाई कहाँबाट कस्ता निर्देशन आयो त्यही गर्छन् । उनी पनि दिपक भट्ट प्रकरणमा जोडिएका पात्र हुन् । कास्कीका ध्रुव केसीको नाउ छुट्नु, काठमाडौकी अञ्जना श्रेष्ठ छुट्नु हामी जान्ने र छान्नेहरूका लागि राजनीतिभित्रको षड्यन्त्र के हो हेक्का हुन सक्छ । खगेन्द्रको अराजकता छँदैछ । रास्वपाले तिनको महत्व राखेन । तर महाधिवेशनमा पार्टी विचार र सिद्धान्तका कुरा हुन्छन् । रास्वपाले त्यो झन पार्टी बनेर दिन सकेन । अर्थमन्त्रीले विद्युतीय गाडीमा पुरानै कर लगाएर उठाएको २ अर्बले रास्वपाको दैनिक रु ८क्विन्टल मासुको खर्च जुटाएकै थियो । पार्टी नेतृत्वमा रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, बालेन्द्र शाह, भूपदेव शाह, सोेभिता गौतमहरू चुनिनु कुनै उल्कापात थिएन । तर व्यवस्थापकीय क्षेत्रलाई जात्रामा परिणन गर्ने धेरै देखिए । आशिका तामाङको राजनीतिक सिकाई पनि त्यहाँ झल्कियो । देश बनाउने लडही समूहको पहिचान राजनीति चेतना भएका काँग्रेस, एमालेबाट टाढिएका मुल्लाहरूलाई पार्टीमा स्थान नदिनु राम्रै हो । रविलाई एमालेका केपी ओलीले दुःख दिँदैनथे भने देशका पुराना दल यसरी ध्वस्त हुँदैनथे र यो जात्रा चितवनले व्यहोर्न पर्दैनथ्यो ।
२०८३ असार २०
ताजा नेपाल
२०८३ असार २०
ताजा नेपाल
२०८३ असार २०
ताजा नेपाल