Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्भव नहुने एकतामा प्रचण्डको राग

काठमाडौं । आफ्नो पार्टी संगठन सुधार्न लाग्नु छैन वापमन्थी एकता र गठबन्धन मोर्चा बन्ने र बनाउने हल्लामा बढी रमाउने बानी परेका नेकपाका संयोजक पुष्पकमल दाहाल बढी जुर्मुराउँदैछन् । उनको हतरो के कारण केपी ओली जस्तो कपटी र स्वार्थीले नेकपाको शासनलाई लुटको अस्त्र बनायो । ओली जस्तो घातक अनुहारसँग मिल्दा प्रचण्डले सिद्धान्त, विचार मात्र लत्याएका छैनन् । दश वर्षे जनयुद्धले स्थापित गरेको मूल्य र मान्यता ध्वस्त बनाइएका छन् ।
नेकपा एमालेका स्व. महासचिव मदन भण्डारी स्मृति दिवसमा विद्या भण्डारीले पूर्व प्रमका नाताले राज्य सञ्चालनमा असफल नेताहरू केपी ओली प्रचण्ड, माधव, झलनाथलाई एउटै मञ्चमा उतार्दा विचारका कुरा छैनन् । एजेन्डा र कार्यक्रमको चासो छैन प्रचण्डलाई एकता गर्न हतार भयो । जेनजी आन्दोलनले ज्यान जोगाएका निरंकुश शासक केपी ओली आफ्नो अपराध स्वीकार्दैनन् । उनको दम्ब र अहंकार उस्तै छ । जसले एकताको खाँचो छ भन्छ तर पार्टी नेतृत्व छोड्दैन । उसैसँग फेरि प्रचण्डलाई पार्टी एकता गर्न हतार भएको छ । एमालेभित्र एकतामा हतार छैन भनिरहेका छन् । आफ्नो शक्ति परिक्षण छैन । पद त्यागेर दोस्रो पुस्तामा पार्टी बुझाउनु छैन । विचार मिलेका व्यक्ति र झुण्डगरी २६ थरीको नेकपाले एकता महाधिवेशन गर्ने भनिरहँदा प्रचण्ड र झलनाथलाई केपीकै खुट्टा ढोग्ने रहर किन जागेको होला ? जसको स्थायी निर्वाचन क्षेत्र छैन । आफ्नो प्रवृत्ति असारको डुलुवा चरित्र छ । कुर्सी र पदका लागि काँग्रेस एमाले जस्ता भ्रष्टाचारमा डुबुल्की मारेका कमिशन र दलाली प्रथामा नाचेका देश र जनतालाई बारम्बार धोका दिने राष्ट्रघातीहरूसँग मिल्ने कुरामा प्रथम डिग्री लिएका यी प्रचण्डका यस्तै हल्का शैलीले जनताले धारेहात लगाउँछ । पार्टीका सहयात्रीले छाड्दैन । परिवर्तनका नाउमा ९० प्रतिशत हिन्दू भएको देशमा जातजातिमै विवाद खडा गर्ने क्रिश्चियन बढाउने माओवादी प्रति आम जनता आक्रोशित छन् । मान्छेले आफ्नो संस्कार, संस्कृतिको संरक्षण खोस्छ र गर्छ । माओवादीले विद्रोहको नाउमा ब्राम्हणको टुप्पी काट्ने, जनै चुडाल्ने जस्ता अराजक कामलाई क्रान्तिकारी ठान्छ । त्यही कारण दलीत जनजातिमा थेच्चिन बाध्य छ । संगठन बनाउनु छैन । पार्टीलाई जनमुखी बनाउनु छैन, मौका पाउँदा आफ्नै छोराछोरी, नाता कुटुम्बको लागि लुट्ने ठाउँ दिएको छ । भ्रष्टाचार तस्करी जस्ता काण्ड चर्काएको छ । समाजवादी रूपान्तरण भन्छ, रक्तचन्दन र सुन तस्करीसँग मिल्ने पार्टी कसरी एमाले र काँग्रेस भन्दा फरक धातुको भयो ? केपी ओलीलाई अगाडि सारेर अबको राजनीति एमालेले धान्न सक्दैन भन्नेहरू एमालेमै बहुमत पदाधिकारी छन् । ओलीकै चाकडी गरेर हिजो संसद र मन्त्री भएकाहरू चुनावमा एमाले सत्यनास भएपछि विकल्प खोज्दैछन् । तर प्रचण्डलाई ओलीकै हेपाई र पेलाई खाने रहर हटेको छैन । नेकपाका संयोजक पुष्पकमल दाहाललाई सत्ता, शक्तिकै चिन्ता छ । राज्यको दमनले सुकुम्बासीलाई अलपत्र पारेको छ । तिनको बास छैन । अपाmू सर्वहारा वर्गको पार्टी भन्छ, तर माओवादी सुकुम्बासीको सवालमा बेपत्ता छ । पार्टीबाट हिजो उछिट्टिएकाहरूलाई एक ठाउँमा ल्याउन नसक्नुको कारण नै प्रचण्डको जुनसु्कै काममा गर्ने हतारो हो । जुन हतारोको धोका उनले बारम्बार पाउँछन् ।
देशमा कालो बजार, भ्रष्टाचार र बेथितिको मुल शक्ति नै नेकपा एमाले र काँग्रेस हुन् भन्ने कुरा सरकारले खोलेका भ्रष्टाचारका फाइल हुन् । आज छानविनमा तानिएका नेता कति छन् ? युवालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा खाने केपी ओली, डा. आरजु राणाको फाइल खुल्दैछ । ५ पटक अर्थमन्त्री भएर देश लुटेका विष्णु पौडेल छानविमा तानिँदा अब आफू पनि फस्ने अवस्थामा छ भन्ने छनक केपीले पाउनु पर्छ । ओली संविधान भन्दा माथि छन् । अदालतमा उनकै दलाल झुण्ड छ । अख्तियार फेरिएको छ । डर ओलीलाई छ । उनी वाम एकता भन्दैनन् । प्रचण्ड र झलनाथ डुक्रिन छाड्दैनन् ।