Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आइतबार देशका २३ जिल्ला र आसपासका क्षेत्रका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला संकेतमा राख्दै यी जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको छ। सुन्तला संकेतले नदीको जलसतह सतर्कता तह नाघ्ने सम्भावना रहेको जनाउँछ।
त्यस्तै, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका क्षेत्रमा बग्ने साना नदी तथा खोलाको बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार हरियो संकेतले नदीको जलसतह सतर्कता तहभन्दा तल रहने र बाढीको न्यून जोखिम रहेको जनाउँछ। पहेँलो संकेतले जलसतह सतर्कता तह आसपास पुग्ने र मध्यम जोखिम रहने अवस्थालाई जनाउँछ। सुन्तला संकेतले जलसतह सतर्कता तह पार गर्ने र उच्च जोखिम रहेको देखाउँछ भने रातो संकेतले नदीको जलसतह खतरा तह नाघ्ने र गम्भीर बाढीको जोखिम रहेको अवस्था जनाउने गर्दछ।
२०८३ असार २८
ताजा नेपाल
२०८३ असार २८
ताजा नेपाल
२०८३ असार २८
ताजा नेपाल