डा. गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न तोसिमा कार्कीको सरकारलाई आग्रह
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। उनले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको बताउँदै सरकारलाई विगतका सरकारको शैली नदोहोर्याउन चेतावनी दिएकी छन्।