Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राज्य सञ्चालकहरू नै अराजक हुँदै कानुनको ख्याल नगरी कुर्लने र दौडने गर्छन् भने तिनको ल्याकत जनताले बुझ्छ । जान्नेलाई छान्नेका मन्त्रीहरूको अराजकताले देशको राष्ट्रियता, सार्वभौम अखण्डता, विधिको शासनलाई चुनौती थपेको छ । उत्तरको छिमेकी र दक्षिणको छिमेकीको व्यवहारलाई नेपालले सम्मान गर्ने आपसी सहयोगको अपेक्षा गर्ने सैद्धान्तिक सहमति हो । खुला नाका हुँदा दक्षिणप्रतिको नेपालीको धारणा फरक छ । तर सीमामा भारतीय सीमा बल र नेपालको सशस्त्र प्रहरी सहकार्य गरी संयुक्त गस्ती समेत गर्दछ । तर तीनलाई जिल्याएर तस्करको समूह बेला बखत प्रहरी सशस्त्र विरुद्ध आई लाग्छ । भारत अपराधीबाट त्रसित छ भने नेपाली तस्करीबाट ग्रसित छ ।
सरकारले राजश्व चुनहावट तथा नियन्त्रणमा समेत जिम्मा दिँदा सशस्त्र प्रहरीको सीमा टोलीलाई सतर्क बनाउन केन्द्रबाट छड्के अनुगमन गर्ने परिपाटी चर्को छ । किसानले ल्याएको मल, एक किलो आलु पक्रने बहादुरीका रुपमा लिनु हुन्न । विपद् व्यवस्थापन तथा उद्दार र सीमाको निगरानी नै यति बेला सशस्त्रका लागि चुनौती छन् । राज्य जिम्मेवारी दिन्छ तर संस्थागत आवश्यकता पूरा गर्दैन । सुरक्षा फौजको उपस्थिति नै सरकारको उपस्थिति मान्नु पर्ने अवस्थामा गृहमन्त्री आफैं छड्के निगरानीमा कहिले सीमामा पुग्छन्, कहिले आफैं त्रिभुवन विमानस्थलको सुरक्षा बुझ्न भन्दै दलबल र भाडाका क्यामेराम्यान लिएर पुग्छन् । ती ठाउँमा सरकारले प्रहरी, सशस्त्र प्रहरी खटाएको छ ।
आफैं शंकाको घेरामा सुधन
गुरुङ खटाइएकाहरूप्रति विश्वास नभएर होइन स्टन्टका लागि आफैं जनता भेट्न गएको नाटक मञ्चन गरेका हुन् । वर्तमान सरकारका मन्त्रीहरूको अराजकताले रास्वपाको प्रवृत्ति नेतृत्वको चिन्तन, दलीय चरित्र उदांगो हुँदैछ । राज्यले खटाएको ठाउँ र दिएको जिम्मेवारी पूरा गर्न सशस्त्र र नेपाल प्रहरी तयार छन् । तर गृहमन्त्रीको केटाकेटी पनले ती संगठनहरूलाई समेत विवादमा पार्ने काम भएको छ । सीमा क्षेत्रमा खटेको प्रहरीप्रति विश्वास गरी त्यो शक्तिलाई आत्मबल बलियो बनाउने कि दच्काउने भन्ने कुरामा पनि विभागीय मन्त्रीको दुविधा देखियो । त्यसरी निगरानीमा गएपछि त्यहाँको आवश्यकता पूरा गर्ने काम भएन । सशस्त्र आफैंले बेला बखत एआईजीको कमाण्डमा सीमा नाका अनुगमन गरोको छ । हिजो थैली बुझाएर रोजेको ठाउँमा कर्मचारी प्रहरी खटाउने चलन थियो । आज त्यो प्रवृत्ति छैन भने नाकामा खटेको सुुरक्षाकर्मीप्रति गृहमन्त्रीले विश्वास गर्नु पथ्र्यो । आफैं शंकास्पद सम्बन्ध भएका गृहमन्त्रीलाई सीमा क्षेत्रको अनुगमन गर्ने रहर छ भने विश्वासप्राप्त खञ्चुवाहरू खटाए हुन्छ । सरकारको नेतृत्व नै अराजक छ । विदेशी युवतीलाई गर्भवती बनाएर भाग्ने रास्वपाका माननीय कारबाहीमा नपर्नु, ठगी काण्डमा जोडिएका अनुहारहरू चम्कनुले सुरक्षाकर्मीको मनोबल बढ्दैन ।
२०८३ श्रावण १४
ताजा नेपाल
२०८३ श्रावण १४
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल