Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रचण्डलाई ठूलो पार्टीको नेता हुने रहर, केपी ओलीलाई आफैंले हुर्काएका छौडाहरूलाई खुवी देखाइदिनु पर्ने रहरकाबीच नेकपा एमाले र माओवादी कार्यगत एकता गर्दै काँग्रेस एमालेको भत्केको गठबन्धनमा ढलमल गर्ने तयारी गर्दैछन् । एमाले मुख्यमन्त्री भएका कोशी, लुम्बिनी र कर्णालीमा पद त्यागेर निकास नदिने तर काँग्रेसलाई खेदेर शासक बन्ने दाउमा एमाले थियो । आफैंभित्र अमिलिएको संगठन मिलाउन नसकेका ओलीले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण मार्फत् पक्राएर म्याद थप गराउँदै थुनाएर आफ्नो पक्षमा उभ्याउने शर्तमा छुटाएका छन् । ओली पार्टीको कमाण्ड बरु विद्या भण्डारीलाई दिने तर हैसियत बिनाका रामबहादुर थापा र आफ्नै विकल्प खोज्ने शंकर पोखरेललाई आज मात्रै होइन भोलि पनि अध्यक्ष पद नदिने पक्षमा छन् । दलहरूमा पुरानो विकल्पको खोजी गरिँदैछ । पुराना नेताले जे सुकै भनुन् उनीहरूबाट अब पार्टी पनि चल्दैन सत्ता पनि प्राप्त हुन्न भन्ने निश्कर्षमा पुगेकाहरूले विचार, सिद्धान्त र कार्यक्रम मिल्नेबीचमा सहकार्य अपरिहार्य छ भनिरहेका छन् । तर प्रचण्ड र ओली अझ यही स्थितिमा पार्टीको कमाण्ड गर्ने दाउमा छन् । माधव बारम्बार ओलीबाट धोका खाएका कारण हच्किएका छन् । समय अनुकुल चल्ने प्रचण्डले पार्टीको एकता महाधिवेशनबाट नेतृत्व त्याग्ने आशय प्रकट गर्दैछन् । तर ओली आवश्यक परे विशेष महाविधेशन गर्ने र आफ्नै तजबिजको पार्टी नेतृत्व लिने दाउमा छन् । उनी उस्तै परे संरक्षक बस्न तयार छन् तर केपी ओली तयार छैनन् । माओवादीमा प्रचण्डको विकल्प छैनन् । एमालेका कार्यकर्ताले सदस्यता नविकरणमा तत्परता देखाएका छैनन् । ओलीलाई लिएर जनताका बीचमा जान नसक्ने स्थिति सिर्जना भएको ठहर गर्दै बहुमत पदाधिकारीले विकल्प खोजेका हुन् । एमालेमा हिजो ओलीकै वरपर बसेर कुम्ल्याएकाहरूले पनि विकल्प खोजेका छन् । त्यही कारण ओली हिजो आफैंले धोका दिएका प्रचण्ड र माधवहरूलाई फकाउन थालेका हुन् । काँग्रेससँग मिल्दा प्रचण्ड र माधवलाई भन्नु नभन्नु भन्ने ओलीले आफू बहादुर माधव नालायक भन्दै नाउ लिँदा मुख कुल्ला गर्ने बताउँथे । माधवलाई पार्टी फुटाउन उक्साउने रामकुमारी झाँक्री एमाले फर्किएर राष्ट्रियसभा सदस्य पाइन् किसान श्रेष्ठले बारामा चुनाव लडेर थन्के । जेनजी आन्दोलनले उनको भौतिक सम्पत्ति क्षति भयो । त्यो आन्दोलनको कारक नै ओली थिए । आज नेकपा जनजिविकाको सवालमा बेपत्ता छ । एमालेलाई त धनाढ्य, तस्कर, विचौलया नै प्यारा थिए । आज संसदमा जनताका आवाज उठाउने अनुहार छैनन् । एमालेका प्रमुख सचेतकलाई पार्टीकै एक महिला कार्यकर्तामाथि यौन शोषण गरेको काण्ड लागेको छ । दलका नेता रामबहादुर थापा ओलीका कठपुतलीका रुपमा चिनिन्छन् । उनले पार्टीको नीति अनुसार होइन ओलीको आदेश पालन गर्ने हुन् । नेकपालाई जनताको तत्काल आवश्यकता छैन । कम्युनिष्टहरू हिजो देशभक्त, जनप्रेमी थिए । अब यिनको सर्वहारा वर्गप्रति मोह छैन । सुकुुम्बासी समस्याले देश हल्लियो, मिटरब्याजी शोषण छरपस्ट छ । हिजो ओलीले काँग्रेससँग मिलेर शासक बन्दा प्रचण्ड सरकारका राम्रा कामलाई पनि निरन्तरता दिएनन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अपराध थान्को लागेको थियो मन नपरेका माधव र प्रचण्डलाई मपनरी भनेर एमाले एक्लै सबैतिर काफी भएको हुँकार दिने ओली आज थचक्कै भएका छन् । एमाले एक्लै बहुमत ल्याउँछ कोही चाहिँदैन भन्ने ओली र उनलाई कास्नेहरूले समेत आज हरेस खाएका छन् । नेकपाको आन्तरिक एकता पूर्ण हुन बाँकी छ । तर हतार ओलीको अस्तित्व जोगाउन प्रचण्डलाई छ, माधवलाई छैन ।
२०८३ श्रावण १६
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल