Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालमा सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा वर्तमान विषम परिस्थितिको समाधानका लागि सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र आम नागरिकबीच सहकार्य आवश्यक रहेको विषयमा पनि विचार आदान–प्रदान भएको थियो।
सो अवसरमा प्रथम राष्ट्रपति रामवरण यादवले सरकार अहिलेको संवेदनशील अवस्थालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सक्षम हुनुपर्ने बताउँदै राजनीतिक दल, नागरिक समाज, धार्मिक नेतृत्व र सर्वसाधारणको साथ लिएर समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए।
२०८३ श्रावण १६
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल