Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार परिषद् बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, शिक्षा नियमावलीको दशौं संशोधनमा समावेश भएका केही प्रावधानप्रति असहमति रहेको जनाएको छ। महासंघका अनुसार संशोधित व्यवस्थाले शिक्षकहरूको हित सम्बोधन नगरेकाले त्यसमा पुनर्विचार आवश्यक छ।
महासंघले शिक्षक सरुवा व्यवस्थापन, विद्यालय कर्मचारी, ईसीडी शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएको छ। यी माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाइने महासंघले जनाएको छ।
२०८३ श्रावण १८
ताजा नेपाल
२०८३ श्रावण १८
ताजा नेपाल
२०८३ श्रावण १८
ताजा नेपाल