Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तव र अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। गत चैत २५ गते भएको उक्त भेटमा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
प्रधानमन्त्री शाहले सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए। तर पछिल्लो समय उनले विदेशी उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्न थालेका छन्।
यसक्रममा असार २३ गते प्रधानमन्त्री शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक्लाएक्लै भेटवार्ता गरेका थिए। उक्त भेटमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास लगायतका विषयमा छलफल भएको थियो।
त्यसपछि प्रधानमन्त्री शाहले नेपालका दुई प्रमुख छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्। सोमबार हुने भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
२०८३ श्रावण २४
ताजा नेपाल
२०८३ श्रावण २४
ताजा नेपाल
२०८३ श्रावण २४
ताजा नेपाल