Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा नेतृत्वको समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग राजनीतिक साँठगाँठ गरेको आरोप लगाएका छन्।
कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले विगतको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट थापाले रास्वपाको सहयोगमा चुनाव जितेको दाबी गरे।
उनले गगन थापाको निर्वाचन जितलाई लिएर टिप्पणी गर्दै रास्वपासँगको सहकार्यकै कारण सफलता हात परेको आरोप लगाए। उनले भने, ‘नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो।’
बस्नेतले चितवनमा समेत कांग्रेसले रास्वपालाई सहयोग गरेको दाबी गर्दै विगतको राजनीतिक सहकार्यलाई अहिले पनि निरन्तरता दिन खोजिएको आरोप लगाए। उनले भने, ‘चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयंले हो। होइन भन्ने कोही छ?’
उनले कांग्रेसभित्र अहिले भइरहेको गतिविधिलाई ‘छलछाम’को संज्ञा दिँदै त्यसबाट पार्टी बलियो बन्न नसक्ने बताए। उनका अनुसार कांग्रेसलाई पुनः सुदृढ र जनतासँग जोडिएको पार्टीका रूपमा स्थापित गर्न नेतृत्व र कार्यकर्ताबीच इमानदार प्रयास आवश्यक छ।
बस्नेतले आफूहरू कांग्रेसलाई ‘धोई–पखाली’ गरेर इमानदार, सक्षम र जनमुखी पार्टी बनाउने अभियानमा रहेको बताए।
‘मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ,’ उनले भने, ‘यो बकवास गरेर दुई–चार दिनका लागि चटक देखाउने कांग्रेस होइन। मुलुक, जनता र प्रजातन्त्रका लागि सधैँ लड्ने कांग्रेस हो।’
बस्नेतको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व, आगामी राजनीतिक रणनीति र अन्य दलसँगको सम्बन्धलाई लिएर देखिँदै आएको आन्तरिक मतभेद थप सतहमा ल्याएको छ।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल