Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्रीको सक्रियताको आलोचना र प्रसंसा

काठमाडौं । जसले काम गर्न खोज्छ गल्ती उसैले गर्छ । आलोचना र विरोध हुन्छ सच्याउन पाउँछ व्यक्ति सुध्रिन्छ, जनताले राहत महशुस गर्छ । रास्वपाको बालेन गिरोहले बन्द कोठामा बसेर कर्मचारीलाई धम्काएकै छ । ऐन कानुन नीति नियम यसले हेर्दैन । जेनजी आन्दोलनका दमनकारी केपी ओली, रमेश लेखकलाई बालेनले पक्राए, सुधनले रातारात प्रहरी लगाए । तर कानुनले तिनलाई दोषी देखेन । संसारको रिती त्यही हो ।
अराजक अनुशासनहिनता सिंहदरबारमा भिœयाउन एमालेका ओली नै हुन् । त्यही समूहका गृहमन्त्री कुनै वाद र दर्शनका अध्यता थिएनन् । जस्तो मुर्खमा पनि मानवीयता हुन्छ त्यो गुण नै प्रिय बन्छ । गृहमन्त्रीमा मानवीयता झल्कियो । उनी जनता आन्दोलित भएका ठाउँमा पुगेर जनतासँगै बसेर समस्याको निकास खोज्न सक्ने भएका छन् । काठमाडौंको गृह प्रशासनमा चर्चा छ । गृहमन्त्री नै कुदेपछि सुरक्षा फौज सतर्क छ । मन्त्री सुदन जहाँ समस्या त्यहाँ आफै पुग्ने गरेपछि प्रधानमन्त्री बालेन्द्रले सदनलाई गरेको हेपाहपनमा ओझेल परेको छ । प्रधानमन्त्री सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट खेदाउन अग्रसर छन् । यो सरकार नै गरिब मारा हो । सेनाको आडमा शासन गर्ने चाहना राख्ने प्रम बालेन्द्रको राजनीति अब सकिएको छ । उनले अब जतिसुकै राम्रो गरुन् ४ महिने शासनले देखाएको कुशासन नै काफी भयो । प्रमको कोर टिमबाट गृहमन्त्री मान्छे अपरिपक्व र विवादित भए पनि कहिले सीमामा पुग्छन्, कहिले धार्मिक लडाइँ शुरु भएको सुनसरी, सिरहा, महोत्तरी र बारा पुगेकै छन् । पीडितसँग वार्ता गरेकै छन् । जहाँ समस्या त्यहाँ सुधन पुग्दा पीडितले राहत पाएको छ, पीडकको शिर झुकेको छ । माइतीघरका त्रिपालभित्रको पीडितको व्यक्तिगत समस्या समाधान गर्न गृहमन्त्रीको आदेशले पीडक पक्राउ पर्न सक्छ तर कानुनले के भन्छ उनले कानुन मार्न सक्दैनन् । प्रमको घमण्डले सरकार निकै विवादित छ । रास्वपाको नाउमा बालेन प्रवृत्ति चम्किँदा मन्त्रीले सल्लाहकारका रुपमा राखेका विचौलिया र दलालहरूले नै आफ्नो कामको रफ्तार चम्काएका छन् । गृहमन्त्रीलाई तिब्बती स्वतन्त्रताको पक्षधर भएको आरोप पनि नलागेको होइन । तर पूर्वाधार, पर्यटनमन्त्रीको जस्तो दम्ब र अहंकार उनमा देखिएन । जति शिक्षामन्त्री सस्मित पोखरेल, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको व्यवहार समस्यासँग जुध्ने भन्दा भेटघाट नगर्ने देखियो । रास्वपा सभपाति रवि लामिछानेका विरुद्ध खनिएका १२ भाइको प्रचारकारिताले नेपालको सञ्चार जगत पीडित छ । अराजकता अनुशासनहिनता रास्वपाको सम्पत्ति बन्दैछ । चाहे केपी खनाल, खगेन्द्र सुनुवारको कुर्लाइ होस् वा प्रधानमन्त्री बालेन्द्रको हेपाई पन किन नहोस् आज सबैको असक्षमता काँधमा लिएर सभापति रवि लामिछानेले विष पिएका छन् । सहकारी ठगी आरोप व्यहोरेका रवि लामिछानेमाथि केपी ओलीको शासन केन्द्रीत हुँदैनथ्यो भने रास्वपा यसरी मौलाउँदैनथ्यो । ओलीले स्वतन्त्र उम्मेदवार बनेर बालेनले काठमाडौं हर्क साम्पाङले धरान, गोपी हमालले धनगढी नगरमा नगर प्रमुख पदको निर्वाचन जितेकोमा पूर्वाग्रही स्वभाव देखाए । ओली आफू दलाल र माफियाका संरक्षक थिए । आफू संरक्षक भएर जोगाइएका दिपक भट्ट, सुलभ अग्रवालको टोली पक्राउ पर्दा रिसाउनु स्वाभाविक हो । मुलुकमा आजको संसदीय राजनीति जस्तो छ त्यसको मुल सूत्र नै केपी ओली बनेका छन् । उनले आफू पार्टीमा महाराज शैलीमा प्रदर्शन भए जस्तै सरकारमा पनि अदालत, अख्तियारमा समेत शासन गर्दा देखाएको चर्तिकला विरुद्ध बालेन्द्र समूह उत्रिएको हो । ओलीकालको अराजकता नै बालेन्द्र शासनको सम्पत्ति बन्दैछ । गृहमन्त्री गुरुङको साहस नै त्यो सरकारको इज्जत धान्यो । सर्वसुलभ शिक्षा निःशुल्क भन्ने कर लगाउने र मृतकलाई कर लगाउने विद्वानले विजुली बाल्न नदिने घरासयी खपतमा ५प्रतिशत भ्याट लगाएर देशका जनतालाई विश्वमा बढी कर तिराउने भनेर चिनाउने शासक बनेका छन् । प्रम र डा. स्वर्णिम वाग्लेबीचको सम्बन्ध प्रगाढ नभएको कारण यस्ता पौरख धेरै छन् । सुधनको गल्ती गृहमन्त्रीको गरिमा अनुसार पोशाकमा पनि देखिएको हेलचेक्य्राइ हो ।