Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध पत्रकार महासंघको आन्दोलनको चेतावनी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलनमा जाने चेतावनी दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका हुन्।

धर्नाका क्रममा महासंघले पत्रकार श्रेष्ठलाई पक्राउ गर्नुको कारण तत्काल सार्वजनिक गर्न र घटनाबारे सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।

महासंघ अध्यक्ष शर्माले पत्रकारको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउँदै तत्काल समस्या समाधान नभए थप कडा आन्दोलन अघि बढाउने चेतावनी दिइन्।

महासंघले पत्रकारलाई पक्राउ गर्नुको कारण सार्वजनिक गर्न, कानुनी प्रक्रिया पारदर्शी बनाउन तथा पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

श्रेष्ठमाथि लगाइएको आरोप तथा उनको पक्राउको कानुनी आधारबारे सम्बन्धित निकायबाट भने अहिलेसम्म विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन।

महासंघले आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने जनाएको छ।