Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा देउवाले तीनदिने राष्ट्रिय भेलाको उद्घाटन गरेका हुन्। भेलामा नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा सुरु भएको उद्घाटन समारोहमा देउवासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ।
भेलामा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण, नेतृत्व हस्तान्तरण तथा पार्टीलाई आगामी दिनमा अघि बढाउने रणनीतिबारे छलफल हुने बताइएको छ। संस्थापन इतर पक्षले भेलामार्फत पार्टीभित्रको एकता, विधि र पुस्तान्तरणको विषयलाई समेत प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध गर्दै पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने बताएका छन्।
शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीभित्रको विभाजन अन्त्य गरी एकताको वातावरण निर्माण गर्न भेला आयोजना गरिएको बताए।
‘नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो कर्तव्य हो,’ उनले भने, ‘कांग्रेस एकजुट भयो भने कसैले पनि पराजित गर्न सक्दैन।’
सम्बोधनका क्रममा उनले देउवासँग आफ्नो लामो सम्बन्धको स्मरणसमेत गरे। बनारसमा पहिलोपटक बीपी कोइरालाले देउवासँग परिचय गराएको प्रसंग सुनाउँदै उनले २०४६ सालको जनआन्दोलनपछि लन्डनमा रहेका देउवालाई आफूले फोन गरेको बताए।
देउवाको राजनीतिक यात्रालाई भाग्यशाली भन्दै कोइरालाले भने, ‘शेरबहादुरजीको भाग्य यति राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो।’
राष्ट्रिय भेलामा देउवाको उपस्थितिले कार्यक्रम थप अर्थपूर्ण र सफल बनेको उनको भनाइ थियो। ‘शेरबहादुर देउवा यहाँ आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,’ उनले भने।
कांग्रेसको नेतृत्वबारे स्पष्ट धारणा राख्दै कोइरालाले देउवा नै पार्टीका नेता र सभापति भएको बताए। ‘शेरबहादुर हाम्रो नेता हो, हाम्रो सभापति हो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्छ,’ उनले भने।
तीन दिनसम्म चल्ने भेलामा संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। कार्यक्रममा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायत नेताहरूको उपस्थिति रहेको छ। भेलामा पार्टीको एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ।
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल