Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कानुनले वंशवादलाई चिन्दैन

काठमाडौं । आखिर अन्तरपार्टी संघर्ष सर्वोच्च अदालत पु¥याएर काँग्रेसको वंशवाद रुचाउने समूहले देशको कार्यकर्तालाई अझै दासत्वमा राख्ने जमर्को गर्दैछ । पार्टीको नियमित महाधिवेशन एक वर्ष थपेर जेनजी विद्रोहले दिएको त्यो सन्देश लत्याउन गरेको त्यो प्रयास सफल नहुँदा क्रियाशील सदस्य आफ्नै वडामा पुगेर नविकरण गर्न नचाहने स्वार्थ समूहको उद्देश्य पार्टी विवाद अदालत पु¥याउनु हो भने यो जस्तो बेइज्जत अरु हुँदैन । सर्वोच्च अदालतले निर्वाचन आयोगको पार्टी दर्ता र केन्द्रीय समितिलाई आधार बनाउँदा त्यही समूहले बनाएको विधानलाई समाएको हो । सर्वोच्चले त्यसैलाई वैधानिकताको आधार बनाएको हो । अब पार्टीका गतिविधि समेत अदालत लगिँदैछ । शतप्रतिशत क्रियाशील सदस्यका महाधिवेशन प्रतिनिधिले सहभागिता देखाएर बनेको नयाँ नेतृत्वमाथि पुरानो पुस्ताको प्रहार चोटिलो छैन । पुस्ताको दया र मायाले सधैं पार्टीमा ठाउँ लिन सकिँदैन । चाकडी, चाप्लुसीले नेता हुन त सकिएला तर जनताको माया पाउन कठिन छ । अबको काँग्रेस, कोइराला परिवारको वंशवाद देखाएर हुँदैन । तर डा. शशांकलाई अगाडि सारेर विमलेन्द्र र प्रकाशमानले चलाएको यो अदालती हंगामा कस्तो होला भन्नै पर्दैन किनकि अदालतले क्रियाशील सदस्य संख्या पार्टीले १५औं महाधिवेशनको लागि गरेको तयारी पनि हेर्नेछ ।
रास्वपाले चलाएको अदालतमा काँग्रेस र एमालेका झण्डावाल न्यायाधीश छन् । रास्वपाले अदालतलाई स्वार्थमा प्रयोग गरेको हो । काँग्रेसलाई भिडाएर राजनीतिक फाइदा कसैलाई छैन । सत्ताबाट फुत्केपछि छटपटी गर्ने र पक्ष विपक्ष देखिने संस्कार गलत हो । एमालेका अध्यक्षको मनपरी कसैलाई सम्झानु पर्दैन । नेकपाभित्र पनि एकता प्रक्रियाले ठाउँ पाएको छैन । काँग्रेसको संगठन संरचनालाई कानुनले प्रश्न गर्न सक्दैन । किनकि शुरुदेखिको निस्सा मिलाउने ठाउँ छैन । तर पार्टीको १११ जनाको लम्पटदास टोलीलाई विधान विपरित क्रियाशील सदस्य मानेर जाँदा विधानलाई लत्याउने हक अदालत, काँग्रेस, एमालेका भागवण्डाका न्यायाधीशले राख्दैनन् । किनकि राजनीतिले ट्याक फेर्दैन । आजीवन राजनीति वंशवाद होइन । दयाँको भिख मागेर नेता बन्न सकिँदैन । कार्यकर्तासँग सहज नहुने नेताले निहुँ खोज्न मिल्छ ? काँग्रेसमा सधैंजसो महाधिवेशन तोकेको समयमा नगरी वर्ष दिन थपेर आफू अनुकुल प्रतिनिधि छान्ने र नेतृत्व लिने गरेको इतिहास छ । कानुनले इतिहास खोतल्छ । काँग्रेसभित्र काँग्रेसले एक अर्कालाई कर्के नजर लगाउने अवस्था किन आउँछ ? नेताको वंशवाद र गुटवादलाई स्वीकार गर्दा यस्तै हुन्छ । यस पटक गुट र वंश भत्काउँदै सम्पन्न विशेष महाधिवेशनलाई अवैध भन्ने हक अदालत र न्यायाधीशलाई हुँदैन । कानुनी तर्क आफ्नो पक्षमा गर्ने कालोकोट धारीहरूका लागि पनि यो विषय सोचनीय हुन्छ । किनकि बीपीको आदर्श भनेकै मेलमिलाप हो । जहाँ काँग्रेस त्यहाँ लोकतन्त्रको आवाज उठ्छ । मुलुकको राजनीतिक परिवर्तनमा अग्रगामी स्थान लिएको पार्टी आज देशमा राजनीतिक अस्थिरता चम्काउने हतियार बन्दैछ । वंशवाद काँग्रेसको झगडा हो । विधान यो समयको अधार हो । क्रियाशील सदस्य पार्टीका जहाँ छन् सत्तामा छँदा कमाएर घर जग्गा गरेको समूह आफू सधैं पदमा रमाउने बाटो खोज्दै अदालत गएको कुरा बिर्सन हुन्न ।
आफ्नो वडाबाट चुनिएर आउनु पर्ने क्रियाशील सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट गर्ने प्रावधान विधानले व्यवस्था गर्दा देउवा समूहका ती १११ जनालाई गाउँ जान लाज भयो । सत्तामा हुँदा कार्यकर्ता नचिन्ने चुनावमा मत लिन सबैलाई चिन्ने राजनीतकि संस्कारबाट सबै दलका ठालुहरू ग्रस्त छन् । काँग्रेस त झन् उस्तै हो । पूर्व सभापति शेरबहादुर साउन २९ गते स्वदेश फर्कदैछन् । देउवाले आफ्नो पछि लागेकाहरूको राजनीतिक ल्यागत बुझेर सभापति गगन थापालाई सघाउने स्थिति छ । किनकि १५ औं महाधिवेशनको तयारीका लागि वडा, नगर, गाउँ प्रदेशको भेला र प्रतिनिधि छनोटको रुटिङ निस्किइसकेको छ ।