Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय तहको वडा सदस्य बन्नेसम्मको हैसियत नभएका राजु पाण्डे, खगेन्द्र सुनार, केपी खनाल, ज्वाला संग्रौला जस्ता सांसदले त रास्वपाको बेइज्जत गरेका छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको पोशाक खरिददेखि निर्वाचन प्रहरी भर्ना गर्दा ठेक्का प्रक्रिया शुरु नहुँदै विवाद भएपछि लागिसकेको ठेक्का गृहमन्त्रालयको निर्देशनपछि रद्द गरी दुवै प्रहरीले जिल्ला प्रहरीलाई अधिकार दिएर तत्कालको समस्या टारेका हुन् ।
गृहमा प्रहरीको खरिद सम्बन्धी बेनामे उजुरीको थुप्रो छ । त्यो उजुरीको अनुसन्धान नगरी संसदको सार्वजनिक लेखा समिति ले दुवै फौजका प्रमुखलाई बैठकमा बोलाएर हुर्मत लिनु अराजक प्रवृत्तिको शुरुवात हो । आईजीपी दानबहादुर कार्कीले जस्तो उजुुरी छ त्यस्तै प्रस्तुतीमा उत्रने अराजक सांसदको शिर झुक्ने गरी झापड लगाएका थिए । जागिरे जीवनको करिअरमाथि प्रश्न उठेपछि आप्mनो टिमसहित पुगेका कार्कीका कुरामा दम थियो । नेपाल प्रहरीको प्रत्येक खरिदमा ठेकेदारहरूको बीचमा प्रतिस्पर्धा हुन्छ । पाउने मख्ख पर्छन्् नपाउने अदालत जाने, पत्रकार परिचालन गर्ने समाचार लेखाउने चलन छ । प्रहरीले पनि दलालहरूकै बढी विश्वास गर्छ । , सेना, प्रहरी, सशस्त्रकै विवादास्पद सूचनाको खेती गरेर निर्वाह गर्ने गिरोह समाचार क्षेत्रमा छ । आईजीपी जो सुकै आउँछ उसले त्यही समूह मार्फत् आफू सुरक्षित ठान्छ । यस पटक साङ्ले सांसद खगेन्द्र सुनारको प्रस्तुती पनि त्यस्तै हावादारी सूचनामा आधारित हो । खगेन्द्र मात्र होइनन् रास्वपाको खराने समूहका सांसद र मन्त्रीहरू आलोचनाको शिकार बन्दैछन् । सुनारले आईजीपी विरुद्ध आन्तरिक सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा बेनामे उजुरी दिएर संसदीय मर्यादाको खिल्ली उडाएको छ । जेनजी आन्दोलनबाट ध्वस्त भएका संरचना बन्न बाँकी छ । अमर प्रहरीका नाउमा कोष खडा गर्दा रु ३० लाख खायो भनेर प्रचार गर्ने तिनै खगेन्द्र हुन् । जसले सिन्धुलीमा पुगेर प्रहरी अधिकृतलाई घिसारेर काठमाडांैसम्म लैजाने हुँकार गर्थे । उनले पाशण युगको स्मरण गराएका छन् । लोकतन्त्रमा विश्वास गदैृनन् । देशको सुरक्षा संवेदनशीलताको ख्याल नगर्ने खगेन्द्रले प्रहरी पोशाकको खरिदमा समेत ठूलो भ्रष्टाचार भयो भनेकै छन् । संसदको सार्वजनिक लेखा समितिमा टिम सहित पुगेका आईजीपीका भनाई गम्भीर थिए । प्रहरीको बाध्यता भौतिक पूर्वाधारको स्थिति, यातायात साधनको अभाव, अनुसन्धानमा प्रहरीको खटाई आफैंमा विवादरहित हुन । तर संसद जस्तो पदको मान्छे प्रहरी विरुद्ध बेनामे उजुरी दिएर गृह मन्त्रालयलाई पनि लज्जित बनाएकोमा ग्लानी छैन । बालेन शाहको शासनमा बैङ्कर, पत्रकार, उद्योगी, राजनीतिज्ञलाई गैर कानुनी रुपमा पक्रने दुःख दिनेक्रम चर्को छ । यसका काममा आदेशको पालना गर्ने र मुखमा पर्ने प्रहरी हो । आदेशमा चल्दा बिराटनगरमा देवेनरा मुदण्डा नामक उद्योगीको घर खानतलासी भयो । केही नभेट्दा प्रहरीले प्रवक्ता मार्फत् माफी माग्यो । कामले दुवै फौजका आईजीपीहरू आलोचिना हुन्छन् । गल्ती गर्ने प्रहरी पनि छन् । मुदण्डाको घरमा के छ भनियो । सरकारको कुन तहले खटायो सबै गोप्य छन् । संसदको लेखा समितिले देशको अर्थतन्त्रको क्षेत्रको भएका खर्च सम्बन्धी निगरानी राख्छ । गृहमा पुगेका प्रहरीका खरिदका उजुरीमा गृहले आग्रह गरेमा छानविन गर्ने पनि लेखा समिति हो । तर आईजीपी द्वयलाई समितिमा उपस्थित गराउने निहुँ आन्तरिक खरिद पनि हो । प्रधानमन्त्रीको सल्लाहकार टोली नै बदनाम छ । जीवनभर प्रहरीको सेवा गरेर जनता राष्ट्र र संगठनप्रति जिम्मेवार बन्दाको फल कल्याण कोषमा भ्रष्टाचार भयो भनेर रकम तोकेपछि आईज्ीपी दानबहादुर कार्की भावुक बन्न बाध्य भएका हु्न् । खगेन्द्र यहाँ चुके ।
आईजीपीको चिन्ता
आईपीपीले संगठनको वर्तमान अवस्था र अभाव मात्र बताएनन् उजुरी दिने सांसदको अमर्यादित प्रस्तुतीप्रति पनि चिन्ता दर्शाए । उनी भन्दै थिए हामी कस्ताबाट शासित हुँदैछौं ? सांसद खगेन्द्र सुनुवार खराने समूहको अराजक टिमका सदस्य हुन् । जेनजीका नाउमा लगाइएको डढेलो छानविन प्रतिवेदनमा तिनको पनि नाम छ । भोलि यी पनि पर्छन् । संघीय सरकार गाँजा प्रतिबन्ध गर्छ, गण्डकी प्रदेशमा गाँजालाई कानुनी रुपमै वैद्य बनाउने भनिँदैछ ।
मधेश काण्डका जड प्रम
प्रम शाहको टोलीको कारण सप्तरी र सुनसरी घटना भएका हुन् । मधेशको धार्मिक विद्रोहप्रति खगेन्द्रहरू चुइक्क बोल्दैनन् । जहाँ राजनीतिक भड्काव भन्दा पनि धार्मिक द्वेष फैलाउने योनजाबाट केन्द्रीत चरित्रले काम गरेको छ । फौजी समूहलाई त्यो हेक्का हुनुपर्छ । प्रहरी र सशस्त्रबीचको गोली कसले चलायो भन्ने द्वन्द्व पनि छ । शसस्त्रका एक एआईजीले त सशस्त्रले पहिले गोली चलायो भनेका कुरा सनसनी भयो । त्यसको कसैले मापन गरेन । संगठनको अनुशासनले पनि त्यहाँ काम गरेन । किनकि त्यहाँ पनि गुटबन्दी छ । आदर्श बेच्न सबैले सक्छन् तर संगठन चलाउन संकिर्ण सोचले सक्दैन । सीमा क्षेत्रमा सशस्त्रले पाएको राजश्व चुहावट रोक्ने अधिकार भने विवादमा पर्छ । खराने समूहमा टिओबी झुण्ड मिलेपछिको सुरक्षा संयन्त्रलाई हज्जत धान्न पनि कठिन छ । खगेन्द्रहरू आज प्रहरीतिर लागेका छन् । भोलि सशस्त्रतिर लाग्न सक्छन् सतर्क हुने जो नेतृत्वमा छ उसैले हो ।
सीमा क्षेत्रको प्रहरीमा आतंक छ । प्रमको इन्छा देशभक्ति छैन । गरिबका पोका पुन्तुरामाथि प्रहार हुन्छ । यो टोली स्वतन्त्र तिब्बत, बारबरा फाउन्डेशन, अमेरिकी युथ काउन्सिसलसँग जोडिएको छ भन्ने कुरा प्रहरीलाई थाहा छ । दुवै प्रहरी यो राष्ट्रिय अपराध गर्ने टीओबी समूहको सहयात्री बन्नबाट जोगिन सक्छन् ? सशस्त्रका प्रवक्ता र नेपाल पै्रहरीका प्रवक्ता यही समूहको साथी नबनु्न् भन्ने कुरा यिनको आफ्नो कार्यक्षमताको प्रस्तुतमै देखिन्छ तर बालेनको समूहले यो बुझ्दैन ।
२०८३ भाद्र २
ताजा नेपाल
२०८३ भाद्र २
ताजा नेपाल
२०८३ भाद्र २
ताजा नेपाल