Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्टहरूको बदलिएन पारा

काठमाडौं । नेपालका दुई घटक नेकपा एमाले र नेकपाका नेता सुध्रिएनन् । सत्ता, पद र कुर्सीको सहारा लिँदै देश लुट्न सफल उनीहरूलाई अझै पनि गुट, उपगुटकै वरपर बसेर शासक बन्ने रहर छुटेको छैन । पार्टीमा ५० औं वर्ष योगदान गरेका नेता कार्यकर्तालाई भन्दा ठेकेदार, व्यापारी, पैसावाल नै तिनको विश्वासिला आधार बनेका छन् । कार्यकर्ताले असन्तुष्टि प्रकट गरे गरुन् अध्यक्षको चरित्र सुध्रिने अवस्था छैन । नेकपा एमाले अध्यक्ष यो प्रवृत्तिका ज्वलन्त उदाहरण बनेका छन् । उनकै कारण कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार दु्ई पटक ढल्यो । माफिया र तस्करसँगको सम्बन्ध जनताको हित भन्दा कालो व्यापार, भ्रष्ट टोलीसँगको निकटता नैतिकवान भन्दा यौन लम्पट र महिला पिडकलाई साथमा लिएर आफ्नो स्वार्थ इन्च चलमाथि नगर्ने केपी ओलीका कारण नेकपा एमालेको गति ओरालो लागेको छ । यिनै प्रचण्ड र ओलीलाई अगाडि सारेर कम्युनिष्ट पार्टी सुध्रिदैन । जनताले मत दिँदैनन् । भन्ने जान्दा जान्दै उनीहरू फेरि सहकार्य गर्न लागेका छन् । सहकार्य भन्ने आफ्ना दलालहरूलाई राज्य सत्ता सुम्पेर तिनैबाट देशको राष्ट्रिय ढुकुटी आफ्नो दरबार निर्माण गर्ने दाउमा एमाले अध्यक्ष छन् । वामपन्थी सहकार्यको नाउमा ओलीले आफ्नो टिम तयार पार्न नसक्दा प्रदेश सरकार गठनमा समय लागेको हो । ओलीले बागमती प्रदेश सरकारमा राप्रपाबाट २०७३सालमा एमाले बनेका भक्तपु्रका ठेकेदार किरण थापालाई मुख्यमन्त्री बनाउँदैछन् । यो निर्णय एमाले सचिवालयको होइन । सचिवालय संसदीय दलको नेता जो छ मुख्यमन्त्री उही हुन्छ भनेको छ । संसदीय नियम पनि त्यही हो । तर ओली आफैंले बोलेका कुरा लत्याउन पछि पर्दैनन् । नैतिकहिन र नीतिहिन नेताको परिचय बनाएका केपीले बागमतीमा ठेकेदारलाई सत्ता सुम्पेझैं कोशी र लुम्बिनीमा पनि त्यो चरित्रलाई निरन्तरता दिने रहर गरेका छन् । कर्णाली र सुदूरपश्चिममा माओवादीका मुख्यमन्त्री छन् । अब गण्डकी र बागमतीमा राप्रपाको साथ बिना सरकार बन्दैन, मधेशका लागि मधेश प्रदेशमा काँग्रेसलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्री हटाउनु पर्छ । त्यसका लागि राप्रपा तयार भएन तर जसपा तयार छ । मधेशको शासक बन्न सिके राउतले चासो नदिँदा एमालेका अध्यक्षले सत्ता लम्पट, धुर्त उपेन्द्र यादवलाई फकाएका छन् ।
पुरानो चरित्रका नेताहरूप्रति जनताको साथ छैन । यिनले बारम्बर सत्ता चलाए । तर जनताको हितमा सिन्को नभाँच्ने भएपछि मधेशमा जनमत आयो पश्चिमतराईमा नाउपा आयो । उनीहरूमा त्यो ज्ञान छैन ।
जनताले रुचाएनन्् कार्यकर्ताले पत्याएन भन्दा पनि मधेशमा तिनै उपेन्द्र, महन्त, राजेन्द्र, देशभर केपी ओली र प्रचण्डकै सत्ता लेनदेनमा राजनीति घुमाउने खेल किन हुन्छ ? जेनजी आन्दोलनले पुराना नेता रुचाएको छैन । सोलोडोलो सबैलाई एउटै कोटीमा पारे पनि काँग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली भन्दा पृथक माओवादीका प्रचण्ड र माधव रहेका छन् । पछिल्लो समयमा जेनजी आन्दोलनका कारक एमालेका अध्यक्ष केपी ओली नै हुन् । यिनको सत्ता कालमा सरकारी सम्पत्ति बतास समूह, थामसेर्कु समूहलाई कौडीको भाउमा सुम्पेर गुण्डु कुटीका लागि पैसा जम्मा गरिएको रहेछ भन्ने प्रमाणित भयो । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले घर उपहार पाउनुको मुल कारण नै बतास र थामसेर्कु समूहलाई नेपाल ट्रष्टको जमिन सुम्पनु रहेछ । जनताले अस्वीकार गरेका तिनै ओली फेरि एक पटक शासक बन्न प्रचण्ड जस्तो सत्ता लुब्ध चरित्रलाई फकाउन सफल छन् । नेकपा भित्र उनको एकलकाटे शैलीको चर्को विरोध छ ।


सम्बन्धित समाचार

आतंकको घर बन्दै सिंहदरबार

२०८३ भाद्र ४

ताजा नेपाल

अमेरिकाको तीन स्वार्थमा प्रमको पद

२०८३ भाद्र ४

ताजा नेपाल