काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा वर्षातका कारण साढे दुई तले घर भासिएको छ।
बिहीबार बेलुकी करिब ८ बजे घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो।
घर भासिएपछि महानगरको टोलीले घटनास्थलको निरीक्षण गरेको जनाएको छ। घटना हुँदा घरभित्र कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरले स्पष्ट पारेको छ।
लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जमिन कटान, डुबान तथा भौतिक संरचनामा क्षति पुग्ने जोखिम बढिरहेका बेला बाँसबारीमा घर नै भासिएको हो।
हाल घर भासिनुको थप प्राविधिक कारणबारे सम्बन्धित निकायले अध्ययन गरिरहेको जनाइएको छ।