Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
राणाले शनिबार हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेट गरेको जानकारी दिएका हुन्। उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भेटवार्ता ‘फलदायी’ भएको उल्लेख गरेका छन्।
भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे भने राणाले विस्तृत जानकारी दिएका छैनन्।
राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएपछि जय नेपाल पार्टी गठन गरेका हुन्। उक्त पार्टीले राजतन्त्रसहितका राजनीतिक एजेन्डा अघि सार्दै आएको छ।
पूर्वराजासँगको भेटलाई भने राणाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमार्फत मात्र जानकारी गराएका छन्।
२०८३ भाद्र ७
ताजा नेपाल
२०८३ भाद्र ७
ताजा नेपाल
२०८३ भाद्र ७
ताजा नेपाल