Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले जारी गरेको विज्ञप्तिमा गुटेरेसले बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको, कैयौँ बेपत्ता भएको तथा व्यापक भौतिक क्षति भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको उल्लेख छ।
गुटेरेसले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्बाट प्रभावित सबैप्रति संयुक्त राष्ट्रसंघको ऐक्यबद्धतासमेत व्यक्त गरेका छन्।
विज्ञप्तिअनुसार संयुक्त राष्ट्रसंघले नेपाल सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा सहयोग गरिरहेको छ। बाढीबाट भएको क्षतिको आकलन तथा प्रभावितलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघीय निकायहरू सक्रिय छन्।
राष्ट्रसंघीय टोली तथा उसका मानवीय सहायता साझेदार संस्थाहरूले प्रभावित समुदायलाई आवश्यक राहत सामग्री र जनशक्ति उपलब्ध गराउन परिचालन गरिरहेका छन्।
महासचिव गुटेरेसले नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिएका आपत्कालीन उद्धारकर्ताहरूको प्रशंसा गर्दै आगामी दिनमा आवश्यक थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल