Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटबाहेक देशभरका नेपाली तथा विदेशी गरी १ हजार ४३३ जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार दिउँसो साढे २ बजेसम्म प्राप्त विवरणमा सातै प्रदेशका ९१६ जना नेपाली र ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको पाइएको हो। रसुवा र नुवाकोटको विवरण भने छुट्टै संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ४२० जना सम्पर्कविहीन छन्। त्यस्तै कर्णालीमा ११८, लुम्बिनीमा १०५, गण्डकीमा ८४, कोशीमा ८०, सुदूरपश्चिममा ७२ र मधेस प्रदेशमा ३७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
कोशी प्रदेशमा सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसँगै व्यवसायी तथा व्यापारीसमेत रहेका छन्। उनीहरू प्रदेशका ११ जिल्लासँग सम्बन्धित रहेको बताइएको छ।
प्राधिकरणले रसुवा र नुवाकोटमा बाढीबाट भएको मानवीय क्षति तथा सम्पर्कविहीन नागरिकको विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ। यसकारण सम्पर्कविहीनको संख्या अझ बढ्न सक्ने देखिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। सरकारले सम्पर्कविहीन नागरिकको खोजी तथा प्रभावितको उद्धारलाई तत्कालको मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल