Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएको छ। सडकको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले तत्काल दुवैतर्फबाट सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने तथा मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्।
ट्राफिक प्रमुख पाण्डेका अनुसार सडकको क्षति गम्भीर रहेकाले मर्मत गरी तत्कालै यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्नेछ।
यसैबीच, लगातारको वर्षाका कारण त्रिशूली र नारायणी नदीको जलसतहसमेत बढिरहेको छ। विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गमा यात्रा थप जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ।
प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म यात्रु तथा सवारीचालकलाई जोखिम मोलेर यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
२०८३ भाद्र १४
ताजा नेपाल
२०८३ भाद्र १४
ताजा नेपाल
२०८३ भाद्र १३
ताजा नेपाल