Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको राहत सामग्री बोकेको सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौं आइपुगेको छ।
चीनबाट ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
चीनले बाढी प्रभावितका लागि त्रिपाल, कम्बल, सुत्ने झोला, संकुचित सुख्खा खाद्य पदार्थ, प्राथमिक उपचार सामग्रीलगायत करिब १३ हजार २ सय थान राहत सामग्री पठाएको हो। उक्त सामग्रीको कुल तौल करिब ५० टन रहेको बताइएको छ।
भोटेकोसी बाढीपछि उद्धार तथा राहतका लागि चीनले नेपाललाई मानवीय सहयोग बढाएको हो। यसअघि नै चिनियाँ विज्ञ टोलीलाई उद्धार कार्यमा सहयोग गर्न नेपाल पठाइएको थियो।
चिनियाँ विज्ञहरूको टोली शनिबारदेखि नै नुवाकोट क्षेत्रमा खटिएर उद्धार तथा प्राविधिक सहयोगमा जुटेको जनाइएको छ।
२०८३ भाद्र १४
ताजा नेपाल
२०८३ भाद्र १४
ताजा नेपाल
२०८३ भाद्र १३
ताजा नेपाल