Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालसहित जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस र प्रभावकारी कदम चाल्न अपिल गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली तथा पारिस्थितिकीय रूपमा संवेदनशील क्षेत्रहरूमा जोखिम बढ्दै गएको बताएका हुन् ।
“यस विपत्तिले हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत गराएको छ,” राष्ट्रपति पौडेलले सम्बोधनमा भने ।
उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र नभई उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।
राष्ट्रपति पौडेलले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै हरेक कठिन परिस्थितिमा नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ सामना गर्दै आएको बताए ।
उनले पछिल्लो विपत्तिको सामना गर्न पनि राष्ट्रिय एकता, सहकार्य र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २२
ताजा नेपाल