Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्। उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह छोटो अवधिका लागि न्यूयोर्क जान लागेका हुन्। महासभालाई सम्बोधन गर्दै उनले भोटेकोशी बाढीबाट नेपालमा भएको ठूलो जनधनको क्षति र जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने तय भएको थियो। तर भोटेकोशी बाढीलगायतका विपद्बाट ठूलो क्षति भएपछि प्रधानमन्त्री शाह आफैंले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुने निर्णय भएको हो।
प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जनासम्म सदस्य रहने बताइएको छ। न्यूयोर्कमा प्रधानमन्त्री शाहले नेपालको जलवायु संकट, प्राकृतिक विपद्का कारण भइरहेको जनधनको क्षति तथा त्यसको दीर्घकालीन प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा राख्नेछन्।
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २२
ताजा नेपाल