Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमा कोरोना सङ्क्रमित ४९ हजार बढी

काठमाण्डौ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ् अनुसार भारतमा सङ्क्रमितको सङ्ख्या ४९ हजार तीन सय ९१ पुगेको छ । कोरोना सङ्क्रमणका कारण भारतमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९४ पुगेको छ । अहिलेसम्म कोरोना सङ्क्रमित १४ हजार एक सय ८३ जना निको भएका छन् भने ३३ हजार पाँच सय १४ जनाको उपचार भइरहेको छ । यसैबीच असम सरकारले भने लकडाउन थप केही खुकुलो बनाएको छ । उद्योग र आपूर्ति सम्बन्धी संस्था, गोदाम, रेलवे, एजपीजी ग्यास र पेट्रोलियम वितरण सेवाका साथै निर्माण गतिविधिमा काम गर्ने अनुमति दिएको छ । यसका साथै निजी कार्यालयमा पनि काम सुरु गर्न अनुमति दिइएको छ । मल बन्द रहे पनि मलको निजी कार्यालय खोल्ने अनुमति दिइएको छ । असम राज्यको ग्रीन जोन जिल्लामा बिहान ७ बजेदेखि यी सबै गतिविधिमा अनुमति दिइएको छ । तर साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।


सम्बन्धित समाचार