Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। त्यसका लागि समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै जिल्लागत रूपमा केन्द्रीय प्रतिनिधि तोकिएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व रहेको उल्लेख गरिएको छ।
खटाइएका केन्द्रीय प्रतिनिधिलाई तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने गरी वडा अधिवेशनको तयारी अघि बढाउन निर्देशन दिइएको छ।
समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढाउँदै मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ।
देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्ने देखिएको छ।
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल