Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि मासिक सहायता रकम उपलब्ध गराउने भएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित परिवारलाई यस्तो सहायता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।
निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ। यो सुविधा लिन नचाहने परिवारका लागि भने सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको छ।
आवश्यक विवरण संकलनका लागि सम्बन्धित सबै स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
सरकारले बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको जनाएको छ। विस्तृत आवश्यकता मूल्याङ्कन भने जारी रहेको उनले बताएका छन्।
‘त्यसका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अघि बढाइनेछ,’ मन्त्री तिमिल्सिनाले भनेका छन्।
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल