Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मर्मत सुरु भएको १०औँ दिनमा कृष्णभिर सडक सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक मर्मत सुरु गरिएको १०औँ दिनमा सञ्चालनमा आएको छ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभिर क्षेत्रमा सडक भासिएको थियो। भासिएको सडकभन्दा केही माथिको भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरेर सडक पुनः सञ्चालनमा ल्याइएको हो।

सडक सञ्चालनमा आएपछि आज अपराह्न ग्यास बुलेटहरू कृष्णभिर हुँदै पार गराइएको छ। नयाँ ट्र्याकबाट ग्यास बुलेट लैजाँदा नेपाली सेनाको टोलीसमेत खटिएको थियो।

धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि आज कृष्णभिर पुगेर सडकको अवस्थाबारे स्थलगत अवलोकन गरेको छ।