Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही थप १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीका सांसदहरूले न्यूनतम १५ हजार रुपैयाँका दरले योगदान गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ कोषमा जम्मा हुनेछ।
यसअघि रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको महाविपत्तिपछि खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले सांसदहरूले व्यक्तिगत रूपमा समेत थप रकम योगदान गर्न लागेको रास्वपाले जनाएको छ।
पार्टीका अनुसार सांसदहरूको व्यक्तिगत योगदानसमेत कोषमा जम्मा गरिनेछ।
२०८३ भाद्र ३०
ताजा नेपाल
२०८३ भाद्र ३०
ताजा नेपाल
२०८३ भाद्र २९
ताजा नेपाल