Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी भएको छ।
बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगलागी भएको हो। मुद्दा फाँटका २० र २१ नम्बर कक्षमा आगलागी भएको प्रारम्भिक विवरण छ।
आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्। आगलागीको कारण भने अहिलेसम्म यकिन भइसकेको छैन।
न्यायकर्मी हरि भट्टराईले आगलागी भएको स्थानका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताएका छन्। उनले भवनमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
सर्वोच्च अदालतमा केही दिनयता आगलागीको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको थियो।
त्यसैगरी गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा समेत आगजनी भएको थियो। त्यसपछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।
२०८३ भाद्र ३१
ताजा नेपाल
२०८३ भाद्र ३१
ताजा नेपाल
२०८३ भाद्र ३१
ताजा नेपाल