Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशनलगायत समसामयिक तथा विविध विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।