Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६ गते हुने पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने बताए।
‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ,’ थापाले भने, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ।’
थापाले पार्टी विधानअनुसार अब देउवा सभापतिको उम्मेदवार बन्न नसक्ने स्मरणसमेत गराए। ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन,’ उनले भने।
थापाका अनुसार असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन प्रारम्भ हुनेछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन हुने तथा त्यसपछि नगर, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।
जिल्ला र प्रदेश अधिवेशनका लागि समयको चाप रहेकाले पार्टीभित्र थप छलफल र सहमतिको वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए। पार्टीको एकताका लागि सबै पक्ष उभिनुपर्ने उनको भनाइ थियो।
२०८३ आश्विन १
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल