Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्, किनकि मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेको थियो।
जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी ९ र १० असोजमा वीरगञ्जमा हुँदैछ।
उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितका पदमा भने उम्मेदवारी परेकाले निर्वाचन हुने सम्भावना छ।
२ असोज, काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ ।
उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा रौतहट, अनिता साह धनुषा, अनिता मण्डल सिरहा, डा. जयकान्त राउत सप्तरी नरेन्द्रप्रसाद चौधरी कपिलवस्तु र माधवप्रसाद सिंह पर्सा को उम्मेदवारी परेको छ ।
सोही पदमा राजकुमार यादव त्यागी सिरहा, डा. कमरुल्लाह अंसारी बारा, सञ्ज्यकुमार मिश्र रुपन्देही, मदनेशकुमार चौधरी सप्तरी, परमेश्वर मुर्मु मोरङ, रोसन खातुन बारा, हरपाल सिंह सोडी बाँके र मनोहरी देवी वैठा सर्लाही को उम्मेदवारी परेको छ ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचीव राजेशकुमार मण्डलका अनुसार एक जना महासचिव पदमा ममता झा सप्तरी, चन्दनकुमार सिंह महोतरी र संजयकुमार यादव सिरहाको उम्मेदवारी परेको छ ।
एक जना निर्वाचित हुने उप महासचिवमा निर्मलकुमार मण्डल सिरहा र ललितचन्द्र मल्लिक रौतहटको उम्मेदवारी परेको छ ।
७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ ।
सन्तोषकुमार सहनी धनुषा, सुरेन्द्र शर्मा मधेशी सप्तरी , हरेन्द्र चौधरी रौतहट, अन्जनीदेवी महोतरी, रोहित महतो सिरहा, पारसप्रसाद साह बारा, राधाकुमारी यादव बाके, बाल गोविन्द चौधरी नवलपरासी, वीरेन्द्र महतो जीवन त्यागी महोतरी र रामबाबु साह बाराको उम्मेदवारी सचिव पदमा परेको छ ।
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल