Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रहरीले काठमाडौँको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको छ ।
दासको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरिएको छ ।
माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको बताइएको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन् ।
प्रहरीले उक्त सुन अवैध रहेको जनाएको छ । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको बताइएको छ ।
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल