Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा, भैरहवा र सिमरातर्फ हुने आन्तरिक उडान रोकिएका छन्।
वर्षाका कारण ती विमानस्थलतर्फको उडान प्रभावित भए पनि काठमाडौं विमानस्थलबाट अन्य गन्तव्यका लागि भने हवाई सेवा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन विमानस्थलको हटलाइनबाट प्राप्त जानकारीअनुसार आन्तरिकतर्फ पोखरा, भैरहवा र सिमराको उडान रोकिए पनि अन्य विमानस्थलतर्फको उडानमा अहिलेसम्म कुनै अवरोध आएको छैन।
यसैगरी अन्तर्राष्ट्रियतर्फका उडानसमेत नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार वर्षाका कारण हालसम्म अन्तर्राष्ट्रिय उडानमा कुनै प्रभाव परेको छैन।
‘अन्तर्राष्ट्रियतर्फको उडानमा अहिलेसम्म कुनै प्रभाव परेको छैन,’ ती अधिकारीले भने।
लगातारको वर्षाका कारण मौसममा आएको प्रतिकूलताअनुसार आन्तरिक उडान प्रभावित हुन सक्ने भएकाले यात्रुलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलसँग जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
२०८३ आश्विन ९
ताजा नेपाल
२०८३ आश्विन ९
ताजा नेपाल
२०८३ आश्विन ८
ताजा नेपाल