Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव तीव्र रूपमा बढेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।
गण्डक ब्यारेज, वाल्मीकिनगरका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन भएको छ। तल्लो तटीय क्षेत्रमा समेत २ लाख ७३ हजार ६ सय क्युसेककै दरमा पानी बगिरहेको छ।
पुरानो संरचना रहेको गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानीको बहावलाई जोखिमको सूचक मानिँदै आएको छ। अहिले ब्यारेजमा भइरहेको बहाव उक्त सीमाभन्दा करिब २६ हजार ४ सय क्युसेक कम छ।
यसैबीच, नेपालतर्फ नारायणी नदीको देवघाटमा पनि पानीको बहाव उच्च रहेको छ। शनिबार बिहान ८ः३५ बजे देवघाटमा ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ। देवघाटमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ।
देवघाटमा बढिरहेको पानीको बहावले गण्डक ब्यारेजमा समेत प्रभाव पार्न सक्ने भएकाले ब्यारेज र तल्लो तटीय क्षेत्रमा पानीको सतह थप बढ्न सक्ने जोखिम रहेको छ।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। नदीको जलस्तर र बहावमा हुने परिवर्तनबारे निरन्तर जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।
यसअघि २०८० साल साउन २९ गते पनि गण्डक ब्यारेजमा २ लाख ७३ हजार ६ सय क्युसेक पानीको बहाव पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको थियो।
२०८३ आश्विन १०
ताजा नेपाल
२०८३ आश्विन ९
ताजा नेपाल
२०८३ आश्विन ९
ताजा नेपाल