Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धेरै ठाउँबाट लागूऔषध समातियो

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका ३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका ६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती गाउँपालिका(३ बस्ने २४ वर्षीय देबेन्द्र बिक रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले रा ३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका ७ भैरवचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको एक्जीप्लोन २ बोतल, नाईट्राभेट १५ ट्यावलेट र स्पस्मो प्रोक्जिवन ६ ट्याब्लेट सहित सोही नगरपालिका ३ बस्ने २३ वर्षीय रोशन कुमार यादव सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मैनाथपुरबाट भैरवचोकतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ प ६४९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादव सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका १२ घारीबथानस्थित खोला छेउबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट गस्तीमा खटिएको प्रहरीले प्लाष्टिकले बेरिएको बेबारिसे अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता, पर्सा जिल्लाको वीरगंज महानगरपालिका ११ रानीघाट बस्ने ४० वर्षीय प्रभाकर साह लगायत ३ जनालाई भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको विभिन्न औषधिहरु सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टीमा ३ वटा मोटरसाइकलमा चामलको बोरामा राखेर लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न प्रकारका औषधि ३ सय १० थान र ईन्जेक्शन २५ थान सहित प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार