Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको केन्द्रीय समिति बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन र केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियानबारे छलफल हुनेछ ।

यस्तै, मधेस प्रदेश संगठनको लेखापरीक्षण प्रतिवेदन र विविध विषय पनि बैठकका कार्यसूचीमा रहेका छन् ।