Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ। सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ।

महाधिवेशनस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यदिशासम्बन्धी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन र महामन्त्री प्रदीप पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रवक्ता चालिसेले अहिलेसम्म सभापति थापाविरुद्ध कसैले उम्मेदवारी दिने चुनौती प्रस्तुत नगरेको बताए। उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने उल्लेख गर्दै महाधिवेशनलाई व्यक्तिभन्दा नीति चयनमा केन्द्रित बनाउनुपर्नेमा जोड दिए।

महाधिवेशनमा सहभागी हुने प्रत्येक प्रतिनिधिले ३ हजार ५०० रुपैयाँ बुझाएपछि पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट झोला प्राप्त गर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

त्यस्तै, महाधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाबाट गराउने प्रयास गरिएको उनले बताए। यद्यपि, पार्टीको परम्पराअनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने व्यवस्था रहेको उनको भनाइ छ।