Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाल सेवाबाट हटाइए

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।

मन्त्रालयले आचरणसम्बन्धी विषय बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा दाहालमाथि विभागीय कारबाही गरेको जनाएको छ।

गृह मन्त्रालयका अनुसार उनलाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशी राज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लङ्घन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा मिति २०८३/६/२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’