Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाको वडा अधिवेशन पुस ११ गते, पालिका अधिवेशन माघ १५ मा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ११ गते देशभरका वडामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको छ।

शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले वडा अधिवेशनको मिति तय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। बैठकले आगामी माघ १५ गते सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

जिल्ला र प्रदेश अधिवेशन तथा राष्ट्रिय महाधिवेशन भने स्थानीय तहको निर्वाचनलगत्तै गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले बताए। ती अधिवेशन र महाधिवेशनको मिति भने तय गरिएको छैन।

नेकपाले यसअघि मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर बाढीपहिरो तथा अन्य राजनीतिक घटनाक्रमका कारण निर्धारित कार्यतालिकाअनुसारका काम प्रभावित भएपछि पार्टीले नयाँ कार्यतालिका तय गरेको हो।