Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा (एमाले)का मनोनित १३ जना केन्द्रीय सदस्यले आज सोमबार शपथ लिँदैछन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ। मनोनित केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम छ।
गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोक्का, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन्।
उनीहरूले शपथ लिएसँगै एमालेको केन्द्रीय कमिटीमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
२०८३ आश्विन २६
ताजा नेपाल
२०८३ आश्विन २६
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल