Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ। पार्टीका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगनकुमार थापामाथि कडा टिप्पणी गर्दै पार्टी कमजोर बनाएको आरोप लगाएका छन्।
काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले सभापति थापा एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको भन्दै व्यंग्य गरेका हुन्। उनले शेरबहादुर देउवालाई भेट्न गएको भए आशीर्वाद पाउने भन्दै थापाप्रति कटाक्ष गरे।
‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न आएको भए त आशीर्वाद पाउँथ्यो नि । गएन । अब अहिले प्रचण्डले उहाँलाई बचाउने? हेर्नुस् यहाँ जात्रा,’ बस्नेतले भने।
बस्नेतले देउवा नेतृत्वको कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टीमाथि हुने आक्रमणको प्रतिकार गर्नसमेत निर्देशन दिए। उनले एक वर्षभित्र कांग्रेसले आफ्नो शक्ति र सामर्थ्य देखाउने दाबी गरे।
पार्टीका पुराना नेताहरूले लामो समय जेल र संघर्ष गरेर संगठन निर्माण गरेको स्मरण गराउँदै उनले अहिलेका कार्यकर्ताले पनि धैर्य र साहस देखाउनुपर्ने बताए। शक्ति हुनेले शक्ति प्रयोग गर्नुपर्ने, बुद्धि हुनेले बुद्धि लगाउनुपर्ने र साहस हुनेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
सभापति थापामाथि पार्टी समाप्त पार्न खोजेको आरोप लगाउँदै बस्नेतले देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि आक्रमण हुँदा नेविसंघ र तरुण दलको नेतृत्वले अपेक्षित भूमिका निर्वाह नगरेको टिप्पणी गरे। उनले त्यस्तो नेतृत्व आवश्यक नरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, बस्नेतले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै थापाले नेपाली कांग्रेसको चुनाव चिह्न रुख कब्जा गरेको आरोपसमेत लगाए। उनको यो अभिव्यक्तिले कांग्रेसभित्रको नेतृत्व विवाद, गुटगत प्रतिस्पर्धा र पुरानो तथा नयाँ नेतृत्वबीचको असमझदारी थप सार्वजनिक भएको छ।
कांग्रेसभित्र नेतृत्व, पार्टीको आधिकारिकता र संगठनमाथिको नियन्त्रणलाई लिएर विवाद चर्किरहेका बेला बस्नेतको पछिल्लो अभिव्यक्तिले आन्तरिक राजनीतिक तनावलाई थप उजागर गरेको छ।
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल